Loading

नरहरिनाथमा खेलकुद प्रतियोगिता सुरु

नरहरिनाथमा खेलकुद प्रतियोगिता सुरु

कालीकाेट – “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिकास्तरिय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आईतवार देखि सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा नरहरिनाथ गाउँपालिकाका ७ वटा बिद्यालयले भागलिने बताईएकाे छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर आईतवार नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले खेलकुद प्रतियोगिताकाे उद्घाटन गर्नु  भएको हाे । प्रतियोगिता  निर्माणाधिन प्रशासकीय भवनको खेलमैदानमा समुउद्घाटन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाेलाराम रिजाल पंगेलीले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार