कालीकोट–यहाँको एउटा बिद्यालयले बिद्यालय कप्तान छनोटका लागि मतदान गरेको छ । सान्नीत्रीवेणी ९ मुम्रा गाउँमा रहेको डाँफे माध्यामिक बिद्यालयले बिद्यालय कप्तान छनोटका लागि मतदान गरेको हो । बिद्यालय तह देखिनै असल अभ्यास सिकाउने उदेश्यले बिद्यालय कप्तान छनोटका लागि मतदान प्रकृया अवलम्बन गरिएको बिद्यालयका प्रधानाध्याकप हिरामणी खिम्खाडाले बताउनु भयो ।

मतदान प्रक्रिया बाट बिद्यालय कप्तानमा हिक्मत लुहार र उपकप्तानमा प्रियङ्का के.सी. निर्वाचित भएका छन् । बिद्यालयमा शिक्षक अभिभावक बैठक, शिक्षक बिद्याथी सामुहिक बैठक र अन्य अतिरिक्त क्रियाकलापहरु समेत हुने गरेका छन् । त्यस्तै बिद्यालय वाल पेन्टिङ्ग,फोहोर ब्यवस्थापन, प्रयाृग मैत्री शौचालय र नियमित शिक्षक बिद्यार्थी मुल्याङ्कन कार्य समेत बिद्यालयले अघि बढाएको छ ।