Loading

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र कालीकोट आइपुग्यो

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र कालीकोट आइपुग्यो

कालीकोटः – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र नेपाली सेनाले सुरक्षित  बुधबार साँझ कालीकोट पुगाएको छ । निर्वाचन आयोगले काठमाडौं देखि कालीकोट सम्म ठुलो ट्रकमा मतपत्र कालीकोट पुगाएको हो । प्रतिनिधि सभा समानुपातीक तर्फ ८९ हजार, प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ८९ हजार  मतपत्र कालीकाेट पुगेकाे छ । त्यस्तै प्रदेश सभा क प्रत्यक्ष ३९ हजार र समानुपातीक तर्फ ४० हजार  र प्रदेश सभा ख का लागि प्रत्यक्ष तर्फ ५० हजार र  समानुपाती ५१ हजार  मत पत्र प्राप्त भएका छन् । अस्थायी मतदाताका लागि २ हजार गरी कुल ३ लाख ६० हजार मतपत्र कालीकोट आइपुगेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनु भयो । कालीकोटमा ८० हजार ७ सय ३३ मतदाता छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार