Loading

अध्यक्ष कप तथा पाद्मगाड मेला सम्पन्न 

अध्यक्ष कप तथा पाद्मगाड मेला सम्पन्न 

कालीकोटः – स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ महाबैमा अध्यक्ष कप तथा पाद्मगाड मेला सम्पन्न भएको छ ।  आइतबार गते देखि सुरु भएको खेल बुधबार सम्पन्न भएको हो । खेलकुदमा १९ वटा टिम सहभागी भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिह भिजनले बताउनु भयो ।

उहाँका अनुसार नरहरीनाथ गाउँपालिकाका खेलाडी प्रथम भएका छन् भने शुभकालिका गाउँपालिकाका खेलाडी दोस्रो भएका छन् । महाबै गाउँपालिकाको आर्थिक सहयोगमा समाज कल्याण युवा मञ्च पाद्मगाडले खेलकुदको आयोजना गरेको हो । पहिलो पटक नमुना योग्य खेदकुद भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार