Loading

जुविथा खेलकुद तथा सांस्कृतिक महोत्सवको भलिबल प्रतियोगिता सम्पन्न

जुविथा खेलकुद तथा सांस्कृतिक महोत्सवको भलिबल प्रतियोगिता सम्पन्न

कालीकोट, ११ कार्तिक । कालीकोटको तिलागुफा नगरपालिका–६ मा आयोजित ‘जुविथा खेलकुद तथा सांस्कृतिक महोत्सव’ अन्तर्गतको खुला भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

तिलागुफा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रवलाल शाहीको अध्यक्षतामा आयोजित समापन समारोह नेकपा एमालेका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नागीन्द्र शाही ‘नेशनल’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल सम्पूर्ण टिम तथा खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभयो। साथै, उहाँले प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई आगामी दिनमा थप सफलता प्राप्तिको शुभकामना व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा प्रमुख अतिथि शाहीले खेलकुदले युवाहरूमा अनुशासन, एकता, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउनुभयो। यस्ता स्थानीय स्तरका प्रतियोगिताहरूले गाउँ–बस्तीमा लुकेर रहेका प्रतिभाहरूको पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा उहाँले राख्नुभयो।

स्थानीय स्तरमा खेलकुद तथा सांस्कृतिक गतिविधिको विकास, कला–संस्कृतिको संरक्षण र युवा प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो। आयोजक समितिले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, सरोकारवाला निकाय, खेलाडी तथा स्थानीय खेलप्रेमीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार