Loading

१०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा शाही मनोनीत

१०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा शाही मनोनीत

कालीकोट, असाेज २९ गते । कर्णाली प्रदेशमा ऐतिहासिक रूपमा आयोजना हुन गइरहेको ‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को मूल आयोजक समिति सदस्य पदमा कालीकोटको रास्कोट निवासी जीवन बहादुर शाही मनोनीत हुनुभएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार माननीय शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार ‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३’ को परिच्छेद–२, दफा ४ को उपदफा (१) को देहाय (ण) बमोजिम शाहीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतलगायत विभिन्न जिल्लाहरूमा १०औँ राष्ट्रिय खेलकुद भव्य रूपमा आयोजना गर्ने निर्णय गरिसकेको छ। सोही बृहत् प्रतियोगिताको समग्र व्यवस्थापन, अन्तर–निकाय समन्वय तथा आवश्यक नीतिगत निर्देशनका लागि गठित उच्चस्तरीय मूल आयोजक समितिमा शाहीलाई सदस्यको रूपमा चयन गरिएको हो।

मूल आयोजक समितिका सदस्य–सचिव एवं कार्यसम्पादन समितिका संयोजक राम चरित्र मेहताले शाहीलाई पत्रमार्फत औपचारिक जानकारी गराउँदै मनोनयनप्रति बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

कालीकोटको रास्कोट स्थायी ठेगाना भएका शाही विगत लामो समयदेखि खेलकुदको विकास, खेलाडी उत्पादन तथा स्थानीय खेल प्रतिभाहरूलाई राष्ट्रियस्तरसम्म स्थापित गराउन सक्रिय रहँदै आउनुभएको छ। विकट भूगोलबाट खेल क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका शाहीको यस मनोनयनले कालीकोट जिल्लाका साथै समग्र कर्णालीवासी खेलप्रेमीहरूमा उत्साह थपेको छ।

स्थानीय स्तरका समस्या र सम्भावनालाई नजिकबाट बुझेका अनुभवी व्यक्तित्व मूल आयोजक समितिमा समेटिएपछि कर्णालीमा आयोजना हुने यस ऐतिहासिक राष्ट्रिय महोत्सवलाई अझ व्यवस्थित, मर्यादित र नतिजामुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास खेल क्षेत्रका सरोकारवालाहरूले व्यक्त गरेका छन्। उहाँ पुर्व-राष्ट्रिय भलिबल खेलाडी समेत हुनुहुन्थ्याे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार