Loading

दुनै कारागारमा प्रजिअ र प्रहरी प्रमुखको अनुगमन : कैदीबन्दीसँग प्रत्यक्ष संवाद, सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

दुनै कारागारमा प्रजिअ र प्रहरी प्रमुखको अनुगमन : कैदीबन्दीसँग प्रत्यक्ष संवाद, सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

दुनै (डोल्पा) असाेज २० गते । जिल्ला कारागार कार्यालय दुनैको भौतिक अवस्था, आन्तरिक व्यवस्थापन तथा सुरक्षा प्रबन्धबारे डोल्पा जिल्लाको उच्च प्रशासनिक तथा सुरक्षा नेतृत्वले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा सोमबार (असोज १९ गते) कारागार कार्यालयको अनुगमन गरिएको हो। निरीक्षण टोलीले कारागार परिसर, बन्दी गृहको भौतिक पूर्वाधार, स्वास्थ्य सेवा, खानपान तथा सरसफाइको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेको थियो।

अनुगमनका क्रममा प्रजिअ ढकालसहितको टोलीले कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूले भोगिरहेका समस्या तथा कारागार प्रशासनबाट प्राप्त सेवासुविधाबारे जानकारी लिएको थियो।

सोही अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले कारागार सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरूलाई व्यावसायिक धर्म, उच्च अनुशासन र सांगठनिक प्रभावकारिता कायम राख्न निर्देशन दिनुभयो।

नजिकिँदै गरेको विजया दशमीलगायतका चाडपर्वहरूलाई मध्यनजर गर्दै कारागारको सुरक्षा व्यवस्थामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन उच्च सतर्कता अपनाउन, सुरक्षा जाँचलाई थप चुस्तदुरुस्त बनाउन र संवेदनशील भएर जिम्मेवारी वहन गर्न डिएसपी गिरीले सुरक्षाकर्मीहरूलाई स्पष्ट निर्देशन दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार