काठमाडौँ १४ भाद्र । कालीकोटको पाचलझरना गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय, थिर्पुमा नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ। आइतबार विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाहरूको भेलाले दुवै समितिलाई सर्वसम्मत रूपमा चयन गरेको प्रधानाध्यापक पुर्ण बहादुर शाहीले बताउनु भयाे।
सम्पन्न भेलाबाट धर्मराज बमको संयोजकत्वमा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन गरिएको छ भने रत्नसिंह शाहीको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन भएको छ।
नवनिर्वाचित संयोजकद्वय, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासका साथै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा नयाँ नेतृत्वको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।
विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकास र विद्यालयको समग्र उन्नतिका लागि नवनिर्वाचित टोलीको कार्यकाल फलदायी, सफल र उदाहरणीय रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।