कालीकाेट- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।
छलफलमा सहभागी भएका एक सांसदका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् । कर्णाली प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएकाे ति सासंदले बताए ।