Loading

राष्कोटमा राजस्व समीक्षा बैठक: दुई महिनामै उठ्यो ४० लाख, लक्ष्य प्राप्तितर्फ अग्रसर

राष्कोटमा राजस्व समीक्षा बैठक: दुई महिनामै उठ्यो ४० लाख, लक्ष्य प्राप्तितर्फ अग्रसर

कालीकोट भाद्र ३० गते । रास्कोट नगरपालिकामा चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधि अन्तर्गत आन्तरिक राजस्व सङ्कलन उत्साहजनक देखिएको छ। नगर उपप्रमुख मनिराज बरालको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिको समीक्षा बैठकले साउन र भदौ महिनामा मात्रै करिब रु. ४० लाख आन्तरिक राजस्व सङ्कलन भएको निष्कर्ष निकालेको छ।

छोटो अवधिमै उल्लेख्य राजस्व असुली भएपछि नगरपालिकाले लिएको वार्षिक आन्तरिक आयको लक्ष्य सहजै हासिल हुने दिशामा अगाडि बढेको छ। बैठकका क्रममा नगर उपप्रमुख बरालले फिल्डमा अहोरात्र खटिएर कर सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कर्मचारीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ मा टेकेर नगर उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समितिले नगरको आन्तरिक आय बढाउन प्रमुख भूमिका खेल्दै आएको छ। संवैधानिक तथा कानुनी व्यवस्था अनुसार स्थानीय तहलाई घरबहाल कर, सम्पत्ति कर, भूमी कर, व्यवसाय कर तथा विभिन्न सेवा शुल्कहरू निर्धारण र सङ्कलन गर्ने पूर्ण अधिकार रहेको छ।

सोही कानुनी दायराभित्र रहेर परामर्श समितिले आन्तरिक आयको विश्लेषण गर्ने, करका दर तथा दायराहरू सिफारिस गर्ने र कर चुहावट नियन्त्रणका लागि रणनीति बनाउने काम गर्दछ। रास्कोट नगरपालिकाले पनि विद्युतीय प्रणाली र चुस्त प्रशासनिक संयन्त्रको प्रयोग गर्दै कर सङ्कलनलाई पारदर्शी र सरल बनाएकाले दुई महिनामै उल्लेख्य सफलता मिलेको हो। आन्तरिक राजस्व सुदृढ हुँदै जाँदा नगरका विकास निर्माण र जनलक्षित कार्यक्रमहरू सञ्चालन गर्न थप सहज हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार