काठमाडौँ, ६ साउन । थाइल्यान्डको बैंककमा आयोजित ‘एफबीआई क्षेत्रीय सम्मेलन’ (FBI Regional Summit on Scam Center Compounds and Transnational Organized Crime) मा सहभागी भई प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वदेश फर्किएका छन्। अनलाइन ठगी (स्क्याम सेन्टर) र सीमापार सङ्गठित अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट नेतृत्व गर्दै उनी सहभागी भएका थिए।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई निमित्त प्रहरी महानिरीक्षक राजन अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू (AIGs) तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले औपचारिक रूपमा भव्य स्वागत गरेका छन्। सम्मेलनका क्रममा सीमापार हुने सङ्गठित अपराध र प्रविधिमार्फत हुने ठगी नियन्त्रणका विषयमा अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल भएको जनाइएको छ।