Loading

भैरव मावि सुर्खेतमा बृहत् अभिभावक भेला: सापकोटाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

भैरव मावि सुर्खेतमा बृहत् अभिभावक भेला: सापकोटाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

सुर्खेत १३ असार। सुर्खेतको वीरेन्द्रनगर-४, भैरबस्थानस्थित भैरव माध्यमिक विद्यालयमा शनिबार बृहत् अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयमा नयाँ नेतृत्व चयनका लागि आयोजना गरिएको उक्त भेलाले सर्वसम्मतिबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति गठन गरेको हो।

सम्पन्न अभिभावक भेलाले विद्यालयको भौतिक तथा शैक्षिक विकासको नेतृत्व गर्नका लागि शिव प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ। समितिको सदस्यहरूमा रिता पाण्डे, दिपा पोखरेल र देउमल तिरुवा सर्वसम्मत चुनिएका छन्।

यसै गरी विद्यालय, शिक्षक र अभिभावकहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि अनिश गौतमको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ। संघको सदस्यहरूमा चन्द्र बहादुर बयलकोटी, दिलमाया घर्ती, गिता शाही, रमेश प्रसाद जैसी, पुजा सार्की र खम्म खड्का चयन भएकाे बिद्यालयका प्रधानाध्याक चन्द्र लाल सापकाेटाले बताउनु भयाे।

नयाँ कार्यसमिति घोषणा भएसँगै भैरव माध्यमिक विद्यालय परिवारले दुवै समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ नेतृत्वको आगमनसँगै विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापकीय पक्षले थप नयाँ उचाइ लिने विश्वास अभिभावक तथा स्थानीयले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार