Loading

आजबाट कक्षा १२ काे परीक्षा सुरु,इलेक्ट्रोनिक डिभाइस निषेध

आजबाट कक्षा १२ काे परीक्षा सुरु,इलेक्ट्रोनिक डिभाइस निषेध

कालीकाेट- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षा आज बाट सुरु गरेकाे छ । बैशाख ११ गतेबाट सुरु हुने भनिएकाे कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण वैशाख २१  अर्थात आजबाट सुरु भएकाे हाे ।

कक्षा १२ काे परीक्षामा कालीकाेट जिल्लाका १२ वटा परीक्षा केन्द्र र १ वटा उपकेन्द्र सहित १३ वटा केन्द्रबाट ३ हजार ३ सय ३४ जना बिद्यार्थिले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ कालीकाेटका सूचना अधिकारी प्रकाशचन्द्र धितालले बताउनु भयाे।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल फोन लगायत अन्य इलेक्ट्रोनिक डिभाइस निषेध गरिएको छ। परीक्षा हलमा इलेक्ट्रोनिक डिभाइस लिएकाे भेटिएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने बाेर्डले जनाएकाे छ। परीक्षा जेष्ठ २ गते सम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार