Loading

नरहरिनाथमा मिनि ट्रक दुर्घटना एककाे मृत्यु

नरहरिनाथमा मिनि ट्रक दुर्घटना एककाे मृत्यु

कालीकोट- नरहरिनाथ गाउँपालिका-८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक हलेसे भीरमा दुर्घटना हुँदा एक जना व्यवसायीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नरहरिनाथ-५ रुप्सा घर भइ स्थानीय खुलालु बजारमा ब्यवसाय गदै आएका गाडी साहु ४५ वर्षीय गंग देउवा हरेकाे जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले बताउनु भयाे ।

लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ओरालोमा मिनी ट्रक दुर्घटना भएको हाे । राति भएको दुर्घटनामा घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारको लागि जिल्ला अस्पताल मान्म ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रावतले बताए। दुर्घटना भएकाे गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ ।

पलाता ८ घर भएका चालक हाम फालेर बच्न सफल भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्ष देखि नरहरिनाथ ८ खुलालु बजारमा खाद्य, खुद्रा तथा कपडाको व्यापार गर्दै आएका गाडी साहु देउवा पछिल्लो समयमा गाउँबाट अन्न खरीद गरेर सुर्खेत लगायतका ठाउँमा बेच्ने काम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार