Loading

कमलबजार–साँइखोला ३३ केभी प्रशारण लाइनको काम सुरु

कमलबजार–साँइखोला ३३ केभी प्रशारण लाइनको काम सुरु

कालीकोट– अछामको कमलबजार देखि दैलेखको साँइखोला जोडीने ३३ केभी प्रसारण लाइन विस्तारको काम बिहिबार सूचारु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका ४ साँइगाउँका स्थानीय बासिन्दाले आफ्ना गाउँमा विद्युत् नबाल्दासम्म लाइन विस्तार गर्न नदिने अडान राखेपछि अवरुद्ध भएको बिद्युत बिस्तारको काम सहमतीपछि पुनः सुचारु भएको हो । स्थानीयसँगको छलफल र सहमतिले तत्काललाई समस्या समाधान भएको कालीकोट विद्युत वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादव बताउनु भयो ।

पञ्चदेवल विनायक नगरपालिका–३ बेल्खेत सयनगाउँ र वडा–४ टोड्केसालका बासिन्दाले आफ्नो क्षेत्रका बस्तीहरूमा विद्युत आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले आवश्यक पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराइ एक महिना भित्र साँइगाउँ, टोट्केसाल र सयनमा बत्ती बाल्ने सहमतीपछि स्थानीयले काम गर्न सहमति दिएकाे  कालीकोट वितरण केन्द्रका फ्राेरमेन जय प्रसाद पाण्डेले बताए ।

मुगु, जुम्ला र कालीकोटमा बिद्युत बढी खपत हुने भएपछि कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुदै कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो ।

डडेलधुरा–अत्तरियाबाट चमेलिया जलविद्युतको १९ मेगावाट, बझाङको कलंगा खोलाको ६५ मेगावाट, र अपि हाइड्रोको ५ मेगावाट गरी करिब १०० मेगावाट विद्युत आयात भइरहेको छ । नयाँ लाइन विस्तारसँगै कर्णालीका दुर्गम गाउँका स्थानीय उज्यालोमा बस्न पाउने आसा पलाएकाे पत्रकार ललित बिष्टले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार