Loading

कर्णाली प्रदेश सरकारको खर्च ३३ प्रतिशत मात्र

कर्णाली प्रदेश सरकारको खर्च ३३ प्रतिशत मात्र

कालीकोट– चालु आर्थिक बर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले जेष्ठ १६ गतेसम्म ११ अर्ब ७ करोड अर्थात ३३.१३ प्रतिशत मात्र रकम खर्च गरेको छ । आर्थिक वर्ष सकिन करिव ३९ दिन बाँकी रहँदा कर्णाली प्रदेश सरकारले खर्च गर्नु पर्ने बजेट भने २२ अर्व ३४ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये पुँजीगत तर्फ २५.६६ प्रतिशत र चालु ४३.७८ प्रतिशत रकम खर्च भएको छ । वैशाख महिनामा मात्रै १ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले जेष्ठ महिनाको १६ दिनमा मात्र झण्डै ८३ करोड खर्च गरेको छ । प्रदेश सरकारको खातामा अहिले करिब २२ अर्ब रुपैयाँ मौज्दात छ ।

त्यस मध्यको १४ अर्ब विकास बजेट खर्च हुन सकेको छैन । सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अझै ९ अर्ब ७ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३ अर्ब २६ करोड रुपैयाँ खर्च गर्न बाँकी छ । अन्य मन्त्रालयमा पनि बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । मुख्यमन्त्री कार्यालयले ५।४, अर्थ मन्त्रालयले ३६।४३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १८।४१ प्रतिशत बजेट मात्र खर्च गरेका छन् ।

प्रदेश सरकारले अझै ५० प्रतिशत विकास योजनाहरुको अख्तियारी दिन सकेको छैन । अहिले सम्म अख्तियारी गएका योजना पनि सानासाना मात्र छन् । त्यसैले विकास खर्च कमजोर देखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार