Loading

जग्गा छनोटमा समन्वय प्रमुख बाधक

जग्गा छनोटमा समन्वय प्रमुख बाधक

कालीकोट– नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा छनोटमा समन्वय प्रमुख बाधक रहेको स्थानीयले आरोप लगाएका छन् । तत्काल बिद्युत कार्यालयको जग्गा छनोट गर्न माग राख्दै खाँडाचक्र नगरपालिका ३ र ४ का स्थानीयले सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँबाट जिल्ला सदरमुकाम पुगेका स्थानीयले जिल्ला समन्वय समिति प्रमुख धनजित शाही र प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । २०७६ सालमा नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा छनोट गरि भवन निर्माण गर्न करिव १ करोड भन्दा बढी रकम जिल्ला आएको थियो । त्यस बेला जग्गा छनोटमा राजनीतिक सहमती हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले काम अगाडी बढाउन सकेन ।

२०७६ साल देखि हाल सम्म नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले जग्गा प्राप्ती गर्न सकेको छैन । २०७६ मा जग्गा छनोट गर्न बनेको समितिले जिल्लाका दुई स्थानमा जग्गा हेरेको थियो । त्यस बेलाको समितिले खाँडाचक्र नगरपालिका ३ ताडीगाउँको जग्गा उपयुक्त रहेका बताएको थियो । यस पटक पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा छनोट समितिले जग्गाको बनोट, मुल्य, बाटोको अवस्था लगायतका आधारले खाँडाचक्र नगरपालिका ३ ताडीगाउँको जग्गा उपयुक्त रहेको सिफारिस गरेको छ । तर समन्वय प्रमुख धनजित शाहीले सदरमुकाम रहेको मान्म १ स्थीत आफ्नो आफन्तको जग्गामा बनाउनु पर्ने अडान राख्दै आउनु भएको स्थानीय भानुप्रभात पाण्डेले बताउनु भयो ।

“सबैलाइ सहजहुने र पाएक पर्ने उपयुक्त स्थानमा जग्गा छनोट गर्नु पर्छ भन्ने आफ्नो ब्यक्तीगत धारणा रहेको समन्वय प्रमुख धनजित शाहीले बताउनु भयो ।” समरमुकाम रहेको खाँडाचक्र बजारबाट ताडीगाउँ करिव १ किलो मिटरको दुरीमा छ । कर्णाली राजमार्गले छोएको र आउजाउ गर्न सहज रहेको ठाउँमा स्थानीयले आवश्यक पर्ने जग्गा कालीकोट वितरण केन्द्रलाइ उपलब्ध गराउन ताडीका स्थानीय तयार रहेको सामाजिक अगुवा कुल प्रसाद पाण्डेले बताउनु भयो । समन्वय प्रमुख शाही खाँडाचक्र नगरपालिका १ का स्थायी बासिन्दा हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार