Loading

पहिरो पन्छाएपछि जुम्ला–कालीकोट खण्ड सञ्चालनमा, दिउँसोसम्म कर्णाली राजमार्ग पूर्ण खुल्ने सम्भावना

पहिरो पन्छाएपछि जुम्ला–कालीकोट खण्ड सञ्चालनमा, दिउँसोसम्म कर्णाली राजमार्ग पूर्ण खुल्ने सम्भावना

कालीकाेट,भाद्र २२ गते । अविरल वर्षाका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–मान्म (कालिकोट) खण्ड गएरातिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

गएको भदौ २० गते राति ७ बजेदेखि राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प भएपछि सडक डिभिजन कार्यालय जुम्लाले मेसिन तथा प्राविधिक टोली परिचालन गरी पन्छाउने काम तीव्र बनाएको थियो। कार्यालयको निरन्तर प्रयासपछि सेराबाडा, सिम्ले र सिम्ले मोडमा खसेको पहिरो हटाइनुका साथै पिली क्षेत्रमा ग्याबिनसहितको पर्खाल निर्माण गरी भदौ २२ गते राति १२:४५ बजेदेखि जुम्लादेखि कालीकोटको मान्मसम्मको सडक सुचारु गरिएको हो।

हाल गगने खोलामा खसेको ठूलो पहिरो पन्छाउने कार्य जारी रहेको छ। मौसम अनुकूल रहेमा आज (भदौ २३ गते) दिउँसो १ देखि २ बजेभित्र सुर्खेत–जुम्ला जोड्ने सम्पूर्ण कर्णाली राजमार्ग नै पूर्ण रूपमा सुचारु हुने सम्भावना रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन र यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार