Loading

मुगुकी सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, सुर्खेतमा उपचार हुँदै

मुगुकी सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, सुर्खेतमा उपचार हुँदै

सुर्खेत, ६ साउन । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालित ‘हवाई उद्धार कार्यक्रम’ अन्तर्गत मुगुकी एक महिलाको ज्यान जोगिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको पहलमा गत श्रावण २ गते मुगुको खत्याड गाउँपालिका–११ की ३६ वर्षीया गर्भवती तथा सुत्केरी महिलाको तत्काल उद्धार गरिएको हो।

स्वास्थ्य जटिलताका कारण ज्यान जोखिममा परेकी ती महिलालाई नेपाली सेनासँगको प्रत्यक्ष समन्वय र सहकार्यमा हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो। हाल उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना मार्फत विकट तथा दुर्गम हिमाली र पहाडी क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी सुर्खेत, काठमाडौँ लगायतका सुविधासम्पन्न अस्पतालहरूमा पुर्‍याउने कार्यलाई निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार