Loading

गाउँपालिका अध्यक्ष सिंहका छोरा छोरी सरकारी बिद्यालयमा भर्ना

गाउँपालिका अध्यक्ष सिंहका छोरा छोरी सरकारी बिद्यालयमा भर्ना

कालीकोट– महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले आफ्ना छोरा छोरीलाइ सरकारी बिद्यालयमा भर्ना गरेका छन् । गाउँपालिकाले केही समय पहिला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी, शिक्षक र अन्य सरोकारवालाका छोराछोरी अनिवार्य सरकारी बिद्यालयमा भर्ना गराउने निर्णय गरेको थियो । सोहि निर्णयका आधारमा गाउँपालिका अध्यक्ष सिंहले डिभिनिकेतन सुर्खेतमा कक्षा ८ पढ्दै गरेकी छोरी अस्मीता सिंह र कक्षा ४ पढ्दै गरेका छोरा अस्बिन सिंहलाई महाबैको तिला नमुना माविमा भर्ना गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार शिक्षक दिनेश बहादुर शाही, बिद्यालय निरिक्षक मदन बहादुर शाही, गाउँपालिका प्रबक्ता शिवराज जैसीले पनि आफ्ना छोरा छोरी गाउँकै सरकारी बिद्यालयमा भर्ना गरेका छन् । अध्यक्ष सिंहले निजि बोडिङबाट छुटाएर सरकारी बिद्यालयमा भर्ना गरेका हुन ।
हुने खानेका छोराछोरी शहर बजारका निजि बोडिङ स्कुलमा पढाउने गाउँका बिपन्न परिवारका बालवालिका मात्र पढाउने गरेपछि शैशिक गुणस्तर खस्किदै गएको अध्यक्षको ठहर छ । महावैमा गाउँपालिकाको यो निर्णय सामुदायिक बिद्यालयको अवस्थामा परिवर्तन आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार