Loading

कोशी, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी, कर्णालीका पहाडी भू-भागमा पनि भारी वर्षाको सम्भावना

कोशी, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी, कर्णालीका पहाडी भू-भागमा पनि भारी वर्षाको सम्भावना

कालीकोट १६ असार । नेपालमा मनसुनी वायुको प्रभाव तीव्र भएसँगै देशभर वर्षाको क्षेत्र र मात्रामा वृद्धि भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार देशका अधिकांश भू-भागमा वर्षा भइरहँदा कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा समेत मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाद्वारा सार्वजनिक गरिएको मौसम पूर्वानुमान सम्बन्धी सूचना अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने दिउँसो धेरै स्थानमा वर्षा हुने आकलन गरिएको छ।

यसै गरी आज रातिको समयमा कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभरकै पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका गुड्ने भू-भागमा भने भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। पहाडी भू-भागमा हुन सक्ने भारी वर्षाका कारण साना-ठूला नदीहरूमा पानीको बहाव बढ्ने र पहिरोको जोखिम हुन सक्ने भएकाले कर्णालीबासी लगायत सम्पूर्ण नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार