Loading

किर्डाक नेपालको २७ औँ वार्षिकोत्सव: जुम्लामा “सफा र हरियो जुम्ला” संवाद कार्यक्रम हुँदै

किर्डाक नेपालको २७ औँ वार्षिकोत्सव: जुम्लामा “सफा र हरियो जुम्ला” संवाद कार्यक्रम हुँदै

जुम्ला, ६ असार । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसर पारेर जुम्लामा एक विशेष संवाद कार्यक्रमको आयोजना गरेको छ। “सफा र हरियो जुम्ला” (Clean and Green Jumla) नारासहित जुम्ला सदरमुकाममा अहिले यो कार्यक्रम सञ्चालन भइरहेको छ।

जुम्लामा दिगो फोहोरमैला व्यवस्थापन र वातावरणीय संरक्षणका विविध आयाममाथि बृहत् छलफल गर्ने उद्देश्यले यो संवाद कार्यक्रम आयोजना गरिएको किर्डाक नेपालका निर्देशक गाेबिन्द बहादुर शाहीले बताउनु भयाे।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरू, युवाहरू, नागरिक समाजका सङ्गठनहरू, समुदायका अगुवाहरू, सञ्चारकर्मी तथा वातावरणीय क्षेत्रमा क्रियाशील अन्य विभिन्न सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको छ।

संवाद कार्यक्रमले भावी पुस्ताका लागि स्वच्छ, सफा, हरियो र उत्थानशील जुम्ला निर्माण गर्न सामूहिक पहल, नवीन समाधानका उपायहरू र बलियो साझेदारी प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

‘विचारलाई व्यवहारमा बदलौँ र जुम्लालाई वातावरणीय दिगोपनाको एक उदाहरणीय नमूना बनाऔँ’ भन्ने साझा सङ्कल्पका साथ कार्यक्रममा सहभागीहरूले आ-आफ्नो धारणा र प्रतिबद्धता व्यक्त गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार