कालीकोट २६ जेष्ठ । खाँडाचक्र नगरपालिका-१ काे पञ्चदेब माध्यमिक विद्यालयले नयाँ नेतृत्व पाएको छ। विर्खसिंह विकको अध्यक्षतामा गठित नयाँ विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत रूपमा जिम्मेवारी सम्हालेको छ। समितिका सदस्यहरूमा गायत्री शाही, दमन शाही र निर्मला बराल रहनुभएको छ।
विद्यालयको शैक्षिक जग बलियो बनाउने अभियानसहित आएको यो नयाँ टिमसामु यतिबेला थुप्रै अवसर र चुनौतीहरू छन्। सर्वसम्मत नेतृत्व चयन हुनु आफैमा एकताको सन्देश हो, जसले विद्यालयको भविष्यप्रति नयाँ आशा जगाएको छ। नवनिर्वाचित अध्यक्ष विर्खसिंह विक र उहाँको टिमले अब विद्यालयको शिक्षण सिकाइलाई थप नतिजामुखी बनाउन शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिपक्षीय समन्वयलाई बलियो बनाउनुपर्ने देखिन्छ।
त्यस्तै, प्रविधिमैत्री सिकाइ वातावरण र आधुनिक शिक्षण विधिलाई अवलम्बन गर्दै विद्यालयको भौतिक पूर्वाधारको स्तरोन्नति गर्नु नयाँ नेतृत्वको पहिलो प्राथमिकता हुने अपेक्षा गरिएको छ। विद्यालयको समग्र शैक्षिक वातावरणलाई मर्यादित, अनुशासित र पारदर्शी बनाउँदै स्थानीय समुदायको विश्वासलाई थप सुदृढ पार्ने कार्यमा यो टिम सफल हुनेमा सरोकारवालाहरू विश्वस्त देखिन्छन्। नवनिर्वाचित अध्यक्ष विर्खसिंह विक र सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै यहाँहरूको कुशल नेतृत्वमा पञ्चदेब माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरको नयाँ उचाइ चुमोस्, कार्यकाल पूर्ण सफलताको हार्दिक शुभकामना।