Loading

गणतन्त्र दिवसको अवसरमा मान्म बजारमा सरसफाइ: दिउँसो देउडा खेल हुँदै

गणतन्त्र दिवसको अवसरमा मान्म बजारमा सरसफाइ: दिउँसो देउडा खेल हुँदै

कालीकोट १४ जेष्ठ । गणतन्त्र दिवस, २०८३ को पावन अवसर पारेर आज कालीकोटको मान्म बजारमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र खाँडाचक्र नगरपालिका लगायतका सरकारी तथा गैर-सरकारी कार्यालयहरूको सक्रिय सहभागितामा उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

विशेष गरी मान्म बजारको जिरोपोइन्ट क्षेत्रलाई केन्द्रित गरी गरिएको यस सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी हिम बहादुर खत्री र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख अजय बहादुर बमको अर्थपूर्ण उपस्थिति रहेको थियो।

जिल्ला समन्वय समितिका सूचना अधिकारी धन बहादुर महतराका अनुसार, सरसफाइ पश्चात आजै दिउँसो गणतन्त्र दिवसकै अवसर पारेर देउडा खेल सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ। दिवसलाई हर्षोल्लासका साथ मनाउन जिल्लाका विभिन्न निकायहरूले सक्रियता देखाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार