Loading

सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा आफैँ हटाउन प्रशासनको अल्टिमेटम, नहटाए कानुनी कारबाही हुने

सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा आफैँ हटाउन प्रशासनको अल्टिमेटम, नहटाए कानुनी कारबाही हुने

मान्म (कालीकोट), १४ वैशाख । कालीकोट जिल्ला भित्र सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरू हटाउन जिल्ला प्रशासन कार्यालयले कडा निर्देशन दिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र शासकीय सुधार कार्यसूची अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रशासनले यस्तो कदम चालेको हो।

जिल्ला प्रशासन कार्यालय कालीकोटले आज एक सार्वजनिक सूचना जारी गर्दै कोही कसैले आफ्नो हक कायम नभएको सार्वजनिक वा सामुदायिक जग्गामा घर टहरा बनाएको भए स्वयं आफैँले हटाउन अनुरोध गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ को उपदफा ६(क) बमोजिम कसैले सार्वजनिक जग्गामा घर बनाएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो कार्य रोक्का गर्ने र कानुनी कारबाही गर्न सक्ने अधिकार रहेको व्यहोरा समेत सूचनामा स्मरण गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार