Loading

कम्पनी दर्ता गर्नेलाई नयाँ सुविधा: अब फोनमै ‘एआई’ ले दिनेछ २४ घण्टा सेवा

कम्पनी दर्ता गर्नेलाई नयाँ सुविधा: अब फोनमै ‘एआई’ ले दिनेछ २४ घण्टा सेवा

काठमाडौँ, ८ वैशाख । नयाँ कम्पनी दर्ता गर्न चाहने र व्यवसाय गरिरहेका उद्यमीहरूका लागि अब सरकारी सूचना पाउन थप सहज भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सुविधाका लागि प्रविधिमा आधारित ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको हो।

यसअघि सानातिना जानकारीका लागि पनि कार्यालयमै धाउनुपर्ने वा कर्मचारीलाई कुर्नुपर्ने झन्झट अब हटेको छ। यो कल सेन्टर सेवा २४ सै घण्टा उपलब्ध रहनेछ। अब सेवाग्राहीले कुनै पनि समयमा ९७००००४४१४ नम्बरमा फोन गरेर कम्पनी प्रशासन, दर्ता प्रक्रिया, आवश्यक कागजात र कर्मचारीहरूको सम्पर्क नम्बर लगायतका विषयमा तत्काल जानकारी लिन सक्नेछन्।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार यो एआई प्रणालीले कम्पनी दर्ता हुनुअघि र दर्तापछि गर्नुपर्ने विभिन्न कानुनी प्रक्रियाका बारेमा विस्तृत सहायता प्रदान गर्नेछ। यसलाई क्रमशः थप परिष्कृत र सूचनामूलक बनाउँदै लैजाने कार्यालयको योजना छ। सरकारी सेवालाई प्रविधिमैत्री र झन्झटमुक्त बनाउने उद्देश्यले सुरु गरिएको यो पहलले उद्यमीहरूको समय र खर्च दुवै जोगाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार