Loading

सरकारी कार्यालयलाई ‘अल्टिमेटम’: सूचना अधिकारीले फोन नउठाए कारबाही हुने

सरकारी कार्यालयलाई ‘अल्टिमेटम’: सूचना अधिकारीले फोन नउठाए कारबाही हुने

काठमाडौँ, ७ वैशाख । सार्वजनिक निकायका सूचना अधिकारी र प्रवक्ताहरूले फोन नउठाउने तथा वेबसाइटमा विवरण लुकाउने प्रवृत्ती बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा एक्सन लिएको छ। कार्यालयले देशभरका सबै मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै वेबसाइटमा कर्मचारीको नाम र मोबाइल नम्बर तत्काल अद्यावधिक गर्न निर्देशन दिएको हो।

विशेष गरी कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयमा अनिवार्य रूपमा फोन उठाएर नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने आदेश जारी भएको छ। वेबसाइटमा सूचना अधिकारीको विवरण नहुँदा र फोन नउठ्दा सेवाग्राहीले सास्ती पाएको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कडाइ गरेको हो। अबदेखि माग गरिएको सूचना तत्काल उपलब्ध नगराउने र फोन नउठाउने अधिकारीमाथि निगरानी बढाइने सङ्केत सरकारले दिएको छ। यो व्यवस्थाले प्रशासनिक जवाफदेहिता र पारदर्शितामा नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार