जनस्तरबाट ‘राष्ट्रिय पहिरन’को सुझाव
प्रधानमन्त्रीको यो कूटनीतिक सक्रियतालाई सामाजिक सञ्जालमा सर्वसाधारणले निकै सकारात्मक रूपमा लिएका छन्। भेटघाटमा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिले पनि यो संवादलाई थप ओझिलो बनाएको टिप्पणी भइरहेका छन्।
यसैबीच, सर्वसाधारणले प्रधानमन्त्रीलाई महत्वपूर्ण सुझावहरू पनि दिएका छन्। सामाजिक सञ्जालमा राज उप्रेती लगायतका प्रयोगकर्ताहरूले प्रधानमन्त्रीलाई औपचारिक भेटघाटमा दौरा–सुरुवाल र नेपाली टोपी लगाउन आग्रह गरेका छन्। नेपाली पहिरनले हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्ने भन्दै प्रधानमन्त्रीलाई राष्ट्रिय पोसाकमा देख्ने जनताको चाहना देखिएको छ।
लगानीका लागि अनुकूल वातावरण
प्रधानमन्त्री शाहले नेपाललाई क्षेत्रीय र वैश्विक आर्थिक संरचनामा मजबुत बनाउने लक्ष्य राख्नुभएको छ। लगानीमैत्री वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको उहाँले राजदूतहरूलाई जानकारी दिनुभयो।
यो सामूहिक संवादले विश्वमञ्चमा नेपालको छवि अझ सशक्त र सम्मानित बनाउने विश्वास गरिएको छ। स्पष्ट लक्ष्य र सक्रिय कूटनीति नै समृद्ध नेपाल निर्माणको मुख्य आधार हुने देखिएको छ।