Loading

क्यान महासंघद्वारा सात दिने ‘आइसिटी स्किल इन्हान्समेन्ट’ तालिम सुरु, सातै प्रदेश र ६२ जिल्ला सहभागी

क्यान महासंघद्वारा सात दिने ‘आइसिटी स्किल इन्हान्समेन्ट’ तालिम सुरु, सातै प्रदेश र ६२ जिल्ला सहभागी

काठमाडौँ मुलुकको सूचना प्रविधि क्षेत्रको विकास र सातै प्रदेश एवं जिल्ला तहमा दक्ष ‘आइसिटी’ स्रोत व्यक्ति उत्पादन गर्ने लक्ष्यका साथ क्यान महासंघले बृहत् सात दिने अनलाइन तालिम कार्यक्रम सुरु गरेको छ। ‘आइसिटी स्किल इन्हान्समेन्ट ट्रेनिङ प्रोग्राम’ (ICT Skill Enhancement Training Program) को सोमबार एक विशेष समारोहका बीच भर्चुअल माध्यमबाट भव्य उद्घाटन गरिएको हो ।

क्यान महासंघको प्रदेश तथा जिल्ला सशक्तिकरण समितिको आयोजनामा सुरु भएको यस कार्यक्रममा साइबर सेक्युरिटी, वुमेन इन आईटी, एआई इन सोसाइटी र बीएफआई (Banking, Finance and Insurance) समितिहरूको सह-आयोजना रहेको छ । तालिममा सातै प्रदेशका ६२ भन्दा बढी जिल्ला शाखाहरूबाट करिब २०० जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ

क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का मुख्य अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा क्यानका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्व अध्यक्षहरू विप्लवमान सिंह, सुरेश कर्ण, र नि-वर्तमान अध्यक्ष रणजित पोद्दार लगायत केन्द्रीय पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो ।

चैत्र २४ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने यस तालिममा सूचना प्रविधिका आधुनिक र आधारभूत चारवटा महत्वपूर्ण विषयहरू समेटिएका छन्:

Digital Literacy and Internet Basics: क्यान महासंघका केन्द्रीय सचिव एवं वुमेन इन आईटी समितिका संयोजक सरिता न्यौपाने

Introduction to AI and Emerging Technology: केन्द्रीय सदस्य एवं एआई इन सोसाइटी समितिका संयोजक हेमपाल श्रेष्ठ

Cybersecurity and Online Safety: केन्द्रीय सदस्य एवं साइबर सेक्युरिटी समितिका संयोजक मोना न्याछ्यौँ

Digital Marketing and Creativity: केन्द्रीय सदस्य एवं बीएफआई समितिका संयोजक बन्दना शर्मा

यसैगरी, क्यानका व्यवस्थापक उदिप बरालले ‘माइक्रोसफ्ट टिम्स’ को प्राविधिक प्रयोगबारे कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

उद्घाटनका क्रममा सहसचिव आदेश खड्काले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को अवधारणालाई गाउँ-गाउँसम्म पुर्‍याउन क्यान महासंघको यो राष्ट्रिय नेटवर्क उपयुक्त माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका संयोजक एवं क्यानका केन्द्रीय उपाध्यक्ष शेखर नाथ दुलालले यो तालिमले जिल्ला-जिल्लामा बौद्धिक जनशक्ति उत्पादन गरी प्रदेश र जिल्ला शाखाहरूलाई थप सक्षम बनाउने बताउनुभयो ।अन्त्यमा, धन्यवाद ज्ञापन गर्दै अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो कार्यक्रमले क्यान महासंघलाई नयाँ उचाइमा पुर्‍याउने र आगामी दिनमा नेपाल सरकारसँगको सहकार्यमा सातै प्रदेश र ७७ वटै जिल्लामा आइसिटी कार्यक्रमहरू विस्तार गरिने धारणा राख्नुभयो । क्यान महासंघ प्रदेश तथा जिल्ला सशक्तिकरण समितिका सदस्य धीरेन बोगटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार