Loading

पचालझरना र पलाँता जोड्ने घाटाचौर पुल आइतबारदेखि बन्द हुने, खाद्यान्न ढुवानी अगावै गर्न आग्रह

पचालझरना र पलाँता जोड्ने घाटाचौर पुल आइतबारदेखि बन्द हुने, खाद्यान्न ढुवानी अगावै गर्न आग्रह

कालीकोट-कालीकोटको पचालझरना र पलाँता  गाउँपालिकालाई जोड्ने कर्णाली नदीमा अवस्थित घाटाचौरको जीर्ण झोलुङ्गे पुल मर्मत गरिने भएको छ। पलाँता गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी चैत्र २२ गते आइतबारदेखि पुलको मर्मत कार्य सुरु हुने जानकारी दिएको हो।

पुल मर्मत अवधिभर आवतजावतमा आंशिक वा पूर्ण रूपमा अवरोध हुन सक्ने भएकाले गाउँपालिकाले सो क्षेत्रका बासिन्दा तथा व्यापारीहरूलाई अत्यावश्यक उपभोग्य सामग्री र अन्य ढुवानीका कार्यहरू चैत्र २२ गते अगावै सम्पन्न गरिसक्न अनुरोध गरेको छ।

पलाँताका प्रमुख प्रशासकीय अधिकृत कमलेस वि.क. द्वारा जारी सूचनामा मर्मत अवधिभर वैकल्पिक मार्गको प्रयोग गर्न र मर्मत भइरहेको स्थानमा आवश्यक सतर्कता अपनाउन समेत सबै सरोकारवालाहरूलाई आग्रह गरिएको छ। कर्णाली नदीमाथिको यो मुख्य पुल जीर्ण हुँदा जोखिम बढेको भन्दै स्थानीयले मर्मतको माग गर्दै आएका थिए।

मर्मत कार्यले गर्दा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना गर्दै पुलको दीर्घकालीन प्रयोगका लागि सहयोग गर्न अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार