कालीकोट- स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्न वीर सुनारको अध्यक्षतामा स्वास्थ्य सेवा कार्यालय कालीकोटको आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा योजना तर्जुमा गोष्ठी साेमबारदेखि सुरु भएको छ।
गोष्ठीको पहिलो दिनमा गत वर्षका कार्यक्रमहरूको प्रगति समीक्षा, उपलब्धि तथा चुनौतीहरूको विश्लेषण गरिएको छ। साथै आज दाेस्रो दिन आगामी वर्षका लागि प्राथमिकता निर्धारण, सेवा विस्तार र गुणस्तर सुधारका योजना तयार गर्ने विषयमा छलफल गरिने जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सेवाको पहुँच विस्तार, प्रभावकारी कार्यान्वयन र समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।