Loading

आवश्यक ब्रिफिङ तथा निर्देशन कार्यक्रम सम्पन्न

आवश्यक ब्रिफिङ तथा निर्देशन कार्यक्रम सम्पन्न

कालीकाेट- कर्णाली प्रदेश ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवश्यक ब्रिफिङ तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।

कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले साेमबार जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न समसामयिक विषयमा निर्देशन दिएका हुन्।

कार्यक्रममा रिजालले ट्राफिक प्रहरीद्वारा सम्पादन गरिने कानुनले निर्दिष्ट कार्यहरू, गैह्र–व्यवसायिक आचरण तथा व्यवहार नियन्त्रण, नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा जोड दिएका थिए। साथै, सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा समग्र कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापन सुदृढ बनाउने दिशामा विशेष ध्यान दिन निर्देशन दिइएको बताइएकाे छ।

त्यसैगरी, सडक सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्दै संयुक्त प्रयासलाई अगाडि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छ।

कार्यक्रममा सहभागी ट्राफिक प्रमुखहरूले निर्देशन कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै प्रदेशमा सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकासका लागि सक्रिय रूपमा लाग्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार