सुर्खेत- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे आयाेजनामा चार दिने CFD (Case File Digitalization System) अनुशिक्षण तालिम सम्पन्न भएको छ। प्रहरी वरिष्ठ हवलदार,प्रहरी हवलदार,प्रहरी सहायक हवलदार र प्रहरी जवानहरुका लागि साेमबार सुरु भएकाे तालिम बिहिबार सम्पन्न भएको हो।
तालिम कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै महानिरीक्षक सापकोटाले अपराध अनुसन्धानलाई प्रविधिमैत्री, प्रभावकारी र व्यवस्थित बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताउनु भयाे।

उक्त अनुशिक्षण तालिममा कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान शाखामा कार्यरत २३ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई केस फाइल डिजिटाइजेसन प्रणाली (CFD) सम्बन्धी व्यवहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको प्रहरीले जनाएको छ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथिद्वारा प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि महानिरीक्षक सापकोटाले सिकाइलाई कार्यान्वयनमा उतार्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन समेत दिनु भयाे।
प्रहरी संगठनभित्र डिजिटल प्रणालीको प्रयोग विस्तार गर्दै अनुसन्धान कार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताइएको छ ।