Loading

डोग्रा खोलामा झुलुङ्गे पुल निर्माण सम्पन्न, औपचारिक उद्घाटन

डोग्रा खोलामा झुलुङ्गे पुल निर्माण सम्पन्न, औपचारिक उद्घाटन

कालीकाेट- रास्कोट नगरपालिका वडा नं. ३ स्थित डोग्रा खोलामा निर्माण गरिएको झुलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। पुलको उद्घाटन नगर प्रमुख धर्मराज शाही (पोषण) र नगर उप–प्रमुख मनिराज बराल ले संयुक्त रूपमा गर्नुभएको हो।

डोग्रा खोलामा निर्माण सम्पन्न भएको उक्त झुलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो सहजता हुने विश्वास गरिएको छ। विशेषगरी वर्षायाममा खोला तर्न कठिन हुने समस्या अन्त्य हुने र दैनिक आवतजावत, कृषि उत्पादन ढुवानी तथा विद्यार्थीलाई विद्यालय पुग्न सहज हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले स्थानीय आवश्यकता अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगरपालिकाले विभिन्न स्थानमा सडक, पुल तथा अन्य भौतिक संरचना निर्माणलाई निरन्तरता दिइरहेको बताउनुभयो। उप–प्रमुख बरालले पनि पुल निर्माणले वडा नं. ३ का स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

स्थानीयवासीले लामो समयदेखिको माग पूरा भएको भन्दै खुशी व्यक्त गरेका छन्। पुल सञ्चालनमा आएसँगै आसपासका बस्तीबीचको सम्बन्ध थप मजबुत हुने र स्थानीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार