Loading

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अन्तरक्रिया हुने

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अन्तरक्रिया हुने

कालीकोट- कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको उपस्थितिमा कालीकोटमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना हुने भएको छ।

जिल्ला समन्वय समिति कालीकोटले जारी गरेको पत्र अनुसार जिल्लास्थित संघ, प्रदेश तथा स्थानीय तहका कार्यालय प्रमुख तथा पदाधिकारीसँग विभिन्न विषयमा छलफल तथा भेटघाट कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रम २०८२ साल चैत्र २ गते बिहान ११ बजे जिल्ला समन्वय समिति कालीकोटको सभाहलमा आयोजना गरिने जनाइएको छ।

जिल्ला समन्वय समितिका अनुसार कार्यक्रममा हाल सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भ, कर्मचारी तथा पदाधिकारीहरूसँग अन्तरक्रिया, संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको अवस्था तथा जिल्लामा देखिएका समस्या, चुनौती र सुझावका विषयमा छलफल गरिनेछ।

जिल्ला समन्वय समितिले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको निमित्त जिल्ला समन्वय अधिकारी भीमबहादुर शाहीले बताउनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार