Loading

भदौ २३–२४ का घटनाको प्रतिवेदन सरकारलाई बुझाइयो

भदौ २३–२४ का घटनाको प्रतिवेदन सरकारलाई बुझाइयो

कालीकाेट- २०८२ भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आइतबार सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै आयोगले मेहनतपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै पदाधिकारी तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आयोगबाट प्राप्त प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक अध्ययन गर्ने र कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने स्पष्ट सन्देश दिएको उल्लेख गरेकी छन्।

सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा घटनाको पृष्ठभूमि, संलग्न पक्षहरू तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावहरू समेटिएको बताइएको छ। सरकारले प्रतिवेदनको अध्ययनपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार