Loading

कालीकोटका सबै मतदान केन्द्रका मतपेटिका मान्म पुगे, राति ३:४० बाट मतगणना सुरु

कालीकोटका सबै मतदान केन्द्रका मतपेटिका मान्म पुगे, राति ३:४० बाट मतगणना सुरु

कालीकोट — प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोटका १०४ वटै मतदान केन्द्रका १२८ स्थानबाट संकलित मतपेटिका बिहीबार रातिनै सुरक्षित रूपमा जिल्ला सदरमुकाम मान्म ल्याइएको छ।

मतपेटिका सदरमुकाम पुगेपछि राति १ बजेदेखि सर्वदलीय बैठक बसेको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि राति ३ बजेर ४० मिनेटबाट मतगणना सुरु गरिएको छ।

कालीकोटमा कुल ८४ हजार ६४६ मतदाता रहेकोमा प्रत्यक्षतर्फ २१ हजार ९०७ महिला र २० हजार ५०५ पुरुष गरी ४२ हजार ४१२ जनाले मतदान गरेका छन्, जुन कुल मतदाताको ५०.११ प्रतिशत हो।

त्यस्तै समानुपातिकतर्फ ८६ हजार ८६४ मतदाता रहेकोमा २१ हजार ९१३ महिला र २० हजार ६१० पुरुष गरी ४२ हजार ५२३ जनाले मतदान गरेका छन्। यसमध्ये २ हजार २१८ अस्थायी मतदाता रहेका छन्।

जिल्ला निर्वाचन अधिकारी विश्वमंगल शर्माका अनुसार कडा सुरक्षा व्यवस्थाबीच मतपेटिका सदरमुकाम ल्याई मतगणना प्रक्रिया अगाडि बढाइएको छ। अब मतगणनाको परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार