Loading

कालीकोटमा ४:०० बजेसम्म ४८.८३ प्रतिशत मतदान, ४१ हजार ३२९ मत खस्यो

कालीकोटमा ४:०० बजेसम्म ४८.८३ प्रतिशत मतदान, ४१ हजार ३२९ मत खस्यो

कालीकोट। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कालीकोट जिल्लामा साँझ ४:०० बजेसम्म ४८.८३ प्रतिशत मतदान भएको छ।

जिल्लामा कुल ८४ हजार ६४६ मतदाता रहेकामा हालसम्म ४१ हजार ३२९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

खसेको मतमध्ये २१ हजार ४८९ महिला१९ हजार ८४० पुरुष रहेका छन्। यस तथ्यांकले जिल्लामा महिला मतदाताको सहभागिता पुरुषभन्दा केही बढी देखिएको संकेत गरेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। दिउँसोपछि मतदान केन्द्रहरूमा मतदाताको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ। ग्रामीण तथा दुर्गम भेगका मतदाता प्रायः दिउँसोपछि केन्द्रमा पुग्ने प्रवृत्ति रहेकाले अन्तिम समयसम्म मतदान दर अझै बढ्ने अनुमान गरिएको छ।

हालसम्म कुनै अप्रिय घटना नदेखिएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार