कालीकाेट-कालीकाेटमा दिउसाे ३ बजेसम्म ३६ हजार ९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। याे कुल मतदाताकाे ४२.६४ प्रतिशत हाे । अहिलेसम्म कालीकाेटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।
कालीकाेटमा ८४ हजार ६ सय ४६ मतदाता छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकाेटमा १० जनाकाे उम्मेदवारी छ । जिल्लामा १ सय २७ स्थायी र १ अस्थायी गरी कुल १ सय २८ मतदान केन्द्रमा मतदान भइरहेकाे छ ।