Loading

मतदान गर्ने सही तरिका सार्वजनिक

मतदान गर्ने सही तरिका सार्वजनिक

कालीकाेट- निर्वाचन आयोग, नेपाल ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा मतदाताले अपनाउनुपर्ने सही मतदान प्रक्रिया सम्बन्धी सूचना सार्वजनिक गरेको छ। आयोगले मतदानको दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिँदै मतदातालाई निर्धारित विधि अनुसार मत हाल्न आग्रह गरेको छ।

सूचनाअनुसार मतदान प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ।

मतदान अधिकृतबाट सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह भएको पहिलो मतपत्र लिनुपर्नेछ।

गोप्य मतदान कक्षमा गई स्वस्तिक छापले आफूले रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा छाप लगाउनुपर्नेछ।

मतपत्रलाई सही तरिकाले पट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्नेछ।

मतदान अधिकृतबाट सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह भएको दोस्रो मतपत्र लिनुपर्नेछ।

गोप्य मतदान कक्षमा गई आफूले रोजेको राजनीतिक दलको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउनुपर्नेछ।

मतपत्रलाई सही तरिकाले पट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्नेछ।

आयोगले मतपत्रमा अन्य कुनै चिन्ह, हस्ताक्षर वा टिप्पणी नगर्न तथा छाप स्पष्ट र एकै ठाउँमा लगाउन आग्रह गरेको छ। गलत तरिकाले छाप लगाइएको मतपत्र बदर हुन सक्ने भएकाले मतदातालाई सचेत रहन अनुरोध गरिएको छ।

निर्वाचन आयोग, नेपाल ले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै मतदातालाई सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार