कालीकाेट- भोलि बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । अतिसंवेदनशील क्षेत्र तोकिएका मतदान स्थलहरुमा हवाई गस्तीबाट अनुगमन तथा निर्वाचन स्थल अवोलोकन गर्ने कार्य भइरहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले बताउनु भयाे ।
नेपाली सेनाले बुधबारदेखि ६ जिल्लामा हवाई गस्ती सुरु गरेको उहाँले बताउनु भयाे । भोलि हुने निर्वाचनलाई लक्षित गर्दै अतिसंवेनदशील क्षेत्र तोकिएका जिल्लाहरु कालीकोट, जाजरकोट, डोल्पा, सुर्खेत, बाँके र बर्दिया दुईदिन हवाई उत्तरपश्चिम पृतना हेडक्वाटरले गस्ती गर्ने भएकाे छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णाली प्रदेशका १० जिल्लामा ३ सय ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् भने ४ सय २२ वटा संवेदनशील र १ सय ६० वटा सामान्य रहेका छन् ।