Loading

घाँस काट्ने क्रममा भीरबाट लडेर एककाे मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लडेर एककाे मृत्यु

कालीकोट- मंगलबार घाँस काट्ने क्रममा भीरबाट लडेर पचालझरना २ धमालीकी ३३ वर्षीया सिध्दा विश्वकर्माको मृत्यु भएको छ । स्थानीय चौरामाडु हुमान्ना डाँडा भीरबाट लडेर सक्त घाइते भएकी विश्वकर्माको घर नपुर्‍याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताउनु भयाे।

भिरबाट २ सय मिटर तल खसेकी सिद्धाको रास्कोट अस्पतालका चिकित्सकले पोस्टमाटर्म गरेपछि मृतकका जेठाजु बिर्खबहादुर विश्वकर्मालाई शव बुझाइएको डिएसपी खत्रीले बताए ।  मृतक विश्वकर्मा कर्णाली नदीमा दाहसंस्कार गरिएको छ । पचाल झरना ५ बाझकोट माइती घर भएकी विश्वकर्माका चार छोराछोरी छन् । कान्छो छोरा दुई बर्षको मात्र भएको स्थानीय शिक्षक केशव कठायतले बताउनु भयाे ।

कठायतका अनुसार जेठो छोरा १४, माइली छोरी ११, साहिली छोरी ८ बर्षका छन् । पति वीरेन्द्र विश्वकर्मा हिमचुली सहकारी संस्थामा कार्यरत छन् । कालीकोटमा भिरबाट लडेर मृत्यु हुनेकाे संख्या बढी रहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार