Loading

डाेल्पाका २३ मतदान स्थल हेलिकप्टर मार्फत निर्वाचन सामाग्री पठाइदै

डाेल्पाका २३ मतदान स्थल हेलिकप्टर मार्फत निर्वाचन सामाग्री पठाइदै

डाेल्पा- डोल्पाका २३ मतदान स्थलमा नेपाली सेनाकाे हेलिकप्टर मार्फत निर्वाचन सामाग्री र मतदान अधिकृत सहितका कर्मचारी शनिबार सम्बन्धीत मतदान स्थल सम्म पुर्याउने काम सुरु गरिएकाे छ । डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान स्थलमा  नेपाली सेनाकाे हेलिकप्टर मार्फत  निर्वाचन सामाग्री र मतदान अधिकृत सहितका कर्मचारी पठाउने काम सुरु गरिएकाे  डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताउनु भयाे ।

मतदान स्थल क्षेत्रमा जमेको हिउँ नपग्लिएका कारण निर्वाचन गराउने कर्मचारी पुर्‍याउन र ल्याउनका लागि हेलिकप्टर आवश्यक रहेकाे उहाँले बताउनु भयाे । शनिबार हावा चलेकाले एउटा केन्द्रकाे मात्र मतदान स्थलमा कर्मचारी खटाउने र सामग्री पठाउने काम भएकाे छ ।

त्यहाँका छार्काताङसोङ गाउँपालिकाको ढाँडगाउँ, लुङ्गाबगर, छार्का, घेराङ्ग, कागकोट, मुकोट, पुङ्गाबगर, मतदान स्थलमा जान समस्या छ । यस्तै डोल्पोबुद्ध गाउँपालिकाको धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै, सिमेन र शेफोक्सुन्डो गाउँपालिकाको भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ कुगाउँ, साइजल, रिग्मो, पुग्मोका रहेका मतदान स्थलमा हेलिकप्टर प्रयोग हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार