Loading

निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण गर्न पूर्ण रूपमा निषेध

निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण गर्न पूर्ण रूपमा निषेध

कालीकोट- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार फागुन २९ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १६ गतेदेखि चैत २ गतेसम्म कालीकोट जिल्लाभर मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।

उक्त अवधिमा होटल, रेष्टुरेन्ट, मदिरा पसल तथा अन्य व्यवसायमार्फत कुनै पनि प्रकारका मदिराजन्य पदार्थको कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ। साथै सार्वजनिक स्थल, कार्यक्रम तथा भेला–सभा स्थलमा मदिरा सेवन गर्न समेत रोक लगाइएको छ।

प्रशासनले आदेश उल्लंघन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। सुरक्षा निकायमार्फत नियमित अनुगमनलाई कडाइका साथ अघि बढाइने जनाइएको छ।

निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई पूर्ण सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार