कालीकाेट- धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै भएकाे बस दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या १८ पुगेकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेकाे थियाे ।
दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै ज्यान गएको र एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिक रहेका छन् । ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी छ ।