Loading

दुर्घटना न्यूनीकरण र यात्रु सहायतामा जुट्न एसपी रिजालको आग्रह

दुर्घटना न्यूनीकरण र यात्रु सहायतामा जुट्न एसपी रिजालको आग्रह

सुर्खेत, २३ कार्तिक । चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न, सडक सुरक्षा कायम राख्न र यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरी उच्च सतर्कताका साथ मैदानमा खटिनुपर्नेमा जोड दिइएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले मातहतका ट्राफिक प्रहरी कमान्डरहरूलाई चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्दै यात्रु सहायतामा सक्रिय रूपमा जुट्न निर्देशन दिनुभएको हो।

शुभदीपावली (तिहार) पर्वका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान तथा निर्देशन कार्यक्रममा बोल्दै एसपी रिजालले जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका सबै अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्जहरूलाई आवश्यक निर्देशन दिनुभयो। चाडपर्वको समयमा घर फर्किने र यात्रा गर्ने नागरिकको चाप उच्च हुने भएकाले दुर्घटनाको जोखिम पनि उत्तिकै रहने हुँदा ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।

निर्देशनका क्रममा एसपी रिजालले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने प्रवृत्तिविरुद्ध कडा चेकिङ गर्न निर्देशन दिनुभयो। साथै, चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने र ठगी गर्ने सवारीसाधनमाथि कडा निगरानी राख्न आग्रह गर्दै उहाँले फिल्डमा खटिने प्रत्येक ट्राफिक प्रहरीले नागरिक तथा सेवाग्राहीसँग नम्र, शिष्ट र मर्यादित व्यवहार प्रस्तुत गरी व्यावसायिक आचरण देखाउनुपर्ने स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार