Loading

कर्णालीमा १६औं राष्ट्रपति रनिङ शिल्डको रौनक: सुर्खेत च्याम्पियन, कालीकोट उपविजेता

कर्णालीमा १६औं राष्ट्रपति रनिङ शिल्डको रौनक: सुर्खेत च्याम्पियन, कालीकोट उपविजेता

सुर्खेत १५ जेष्ठ । कर्णाली प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउँदै बिहिबार सम्पन्न १६ औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्ला समग्रमा प्रथम हुन सफल भएको छ। कडा प्रतिस्पर्धाका बीच सुर्खेतले उपाधि चुम्दा कालीकोट जिल्ला द्वितीय र रुकुम पश्चिम जिल्ला तृतीय स्थानमा चित्त बुझाउन बाध्य भएका छन्।

प्रतियोगिताको समापन समारोह सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कँडेलको प्रमुख आतिथ्यता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रले प्रदेशको गौरव बढाएको उल्लेख गर्दै खेलाडीहरूको क्षमता विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उक्त कार्यक्रममा प्रदेश सभा समितिका सभापतिहरू, प्रदेश सभा सदस्यहरू लगायत खेलकुदसँग आबद्ध विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतियोगिताको पदक तालिकाअनुसार उत्कृष्ट तीन जिल्लाहरूको विवरण यस प्रकार छ:

प्रथम स्थान (सुर्खेत): सुर्खेतले समग्रमा ३८ पदक प्राप्त गरी शीर्ष स्थान ओगट्न सफल भयो। जसमा ८ स्वर्ण, ६ रजत र २४ कास्य पदक रहेका छन्।

द्वितीय स्थान (कालीकोट): कालीकोट जिल्लाले ८ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल १९ पदकका साथ द्वितीय स्थान हासिल गर्न सफल भयो।

तृतीय स्थान (रुकुम पश्चिम): रुकुम पश्चिमले ६ स्वर्ण, ७ रजत र १२ कास्यसहित कुल २५ पदक प्राप्त गर्दै तृतीय स्थान प्राप्त गर्न सफल भयो।

प्रतियोगितामा सहभागी जिल्लाहरूले विभिन्न विधामा आफ्नो खेल कौशल प्रदर्शन गर्दै कर्णालीमा खेल संस्कृतिको विकास गर्न थप टेवा पुर्‍याएका छन्। प्रतियोगिताको सफल समापनसँगै कर्णाली प्रदेशमा खेलकुदको माहोल थप उत्साहमय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार