Loading

रुकुम पश्चिममा विश्‍व सडक सुरक्षा सप्ताह: “सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ”

रुकुम पश्चिममा विश्‍व सडक सुरक्षा सप्ताह: “सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ”

रुकुम पश्चिम ३ जेष्ठ । बढ्दो सडक दुर्घटना न्यूनीकरण र नागरिकमा ट्राफिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ रुकुम पश्चिममा “विश्व सडक सुरक्षा सप्ताह-२०८३” मनाइएको छ। आज जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ५ सेरीगाउँमा एक विशेष कार्यक्रमको आयोजना गरी यो सप्ताह मनाइएको हो।

यस वर्षको सडक सुरक्षा सप्ताह “सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको छ। कार्यक्रममा सवारी चालक, सहचालक, यात्रु तथा स्थानीय सर्वसाधारणहरूलाई सडक नियमको महत्व र अनुशासनका बारेमा जानकारी गराइएको थियो।

पहाडी जिल्लाहरूमा तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति र सडक अनुशासनको कमीका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको सन्दर्भलाई मध्यनजर गर्दै ट्राफिक नियमहरूको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरिएको छ। कार्यालयको आयोजनामा सम्पन्न यस चेतनामूलक अभियानले रुकुम पश्चिमको सडक यातायातलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार