Loading

सुर्खेत, बाँके, बर्दिया र कैलालीमा बसोबास गर्ने पलाँताबासीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन हुँदै

सुर्खेत, बाँके, बर्दिया र कैलालीमा बसोबास गर्ने पलाँताबासीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन हुँदै

कालीकाेट ५ भाद्र। कालीकोटको पलाँता गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणवश जिल्लाबाहिर बसोबास गर्दै आएका लाभग्राहीहरूलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर सञ्चालन हुने भएको छ।

गाउँ कार्यपालिकाको कार्यालय, रातिबिसौनाले भदौ ५ गते एक सूचना जारी गर्दै सुर्खेत, बाँके (कोहल्पुर), बर्दिया र कैलाली जिल्लामा अस्थायी रूपमा बसोबास गर्ने नागरिकहरूका लागि पायक पर्ने स्थानमै पुगेर घुम्ती शिविर सञ्चालन गर्न लागिएको जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत कमलेस विकद्वारा हस्ताक्षरित सूचनाअनुसार शिविर सञ्चालन हुने स्थान र मितिको तालिका निम्नअनुसार रहेको छ:

सुर्खेत: २०८३ भदौ ८ देखि ०९ गतेसम्म

बाँके (कोहल्पुर): २०८३ भदौ ११ देखि १३ गतेसम्म

बर्दिया: २०८३ भदौ १४ देखि १५ गतेसम्म

कैलाली: २०८३ भदौ १७ देखि १९ गतेसम्म

आवश्यक कागजातहरू: सेवाग्राहीहरूले शिविरमा जाँदा नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि अनिवार्य लैजानुपर्नेछ। यस्तै, बालबालिकाको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि, विधवा भत्ताका लागि अर्को विवाह नगरेको सिफारिस र पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि तथा अपाङ्गता भत्ताका लागि अपाङ्गता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ।

शिविर सञ्चालन हुने निश्चित स्थान र समयको विस्तृत जानकारीका लागि सम्पर्क व्यक्तिहरू नन्द सिंह बम (मो. ९८४५९५४५८९) र परिमल विक (मो. ९७६२२०७६७७) वा सम्बन्धित वडाध्यक्षहरूसँग समन्वय गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार