Loading

पलाँता अस्पताल तोडफोडमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

पलाँता अस्पताल तोडफोडमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

कालीकोट, २३ साउन । कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा गए राति तोडफोड भएको प्रहरीले जनाएकाे छ। दिउसाे स्वास्थ्यकर्मीमाथि हातपात भएको र राती अस्पतालमा तोडफोड भएकाे घटपछि सुरक्षास्थिति थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ।

घटनामा संलग्न रहेको आरोपमा तपेन्द्र बमसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय रास्कोटबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिनुभयो।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा लगातार भइरहेका यस्ता गैरकानुनी र अराजक गतिविधिले स्वास्थ्य सेवा प्रभावित बनेको छ भने स्वास्थ्यकर्मीहरू त्रसित भएका छन्। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार